INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

१९ वर्षीया सुस्तमनिस्थती भएकी बलात्कार पीडित युवतीलाई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८२ चैत १७ गते आर्थिक सहायता प्रदान गरेको छ । मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाकी संयोजक तथा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा मार्फत कानुनी प्रक्रियामा जान तथा स्वास्थ्य उपचारमा सहयोग पुग्ने  उदेश्यले पीडित परिवारलाई १० हजार रुपियाँ सहायता रकम हस्तान्तरण गरिएको हो ।

पीडित परिवारका अनुसार कर्जन्हा नगरपालिका–१ का ७२ वर्षीय खिरबहादुर राउतलले तीन महिनादेखि ललाई फकाई बलात्कार गर्दै आएका थिए । ०८२ माघ २५ गते बलात्कार गरी गर्भ रहेको आरोपमा आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन २९ गते उजुरी दिएको युवतीकी आमाले बताउनु भयो । सोही दिन आरोपितलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको डिएसपी राजेशराज पुरीले जानकारी दिनु भयो ।  युवतीको  स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन २९ गते गरिएको थियो ।

दुर्गा परियार

अन्य

भिडियो