१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमजुङ जिल्ला राइनास गाउँपालिका–७ का ३० वर्षीय राजेन्द्र परियारलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बिहे गर्छु भनी फागुन ३ गते भरतपुर महानगरपालिका–१६ फुर्तिचोकस्थित काकाको घरमा ल्याई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन ८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ९ गते भरतपुर अस्पतालमा गरिएको डिएसपी रेग्मीले बताए ।