INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक प्रतिनिधिको सिफारिसमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ चैत ६ गते संरक्षण परियोजना अन्तर्गत मानवअधिकार सहायता कक्षमार्फत १० हजार रुपियाँ सहयोग उपलब्ध गराएको छ ।

पीडित बालिकाका अभिभावकले दिएको निवेदनका आधारमा उक्त रकम उपलब्ध गराइएको हो ।

पीडित बालिकालाई ०८२ पुस २१ गते नजिकको नातेदार ३१ वर्षीय पुरुषले जबरजस्ती बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले फागुन १४ गते गिरङ्खतार गरी कानुनी दायरामा ल्याएको छ ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १३ गते अर्घाखाँची जिल्ला अस्पतालमा गरिएको छ ।

कुल बहादुर नेपाली

अन्य

भिडियो