वौद्धिक अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका असई दुर्गा खनालले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा फागुन ७ गते गरिएको छ ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी