१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–१ हिप्प्कोट बस्ने ५० वर्षीय बिरबले टमटालाई ०८२ फागुन २७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस २८ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन २७ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।