INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखराको लेकसाइडसहित गोरखाका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको भएता पनि विभिन्न मतदान केन्द्र र स्थानमा शंकास्पद वस्तु फेला परेकोे छ ।

कास्कीका प्रतिनिधि सञ्जय रानाभाटका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ४१ नम्बर स्ट्रिटभित्र शंकास्पद वस्तु फेला परेको थियो । लेकसाइडस्थित एक पसल छेउमा ०८२ फागुन १८ गते शंकास्पद वस्तुको रुपमा झोला फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । तर झोलामा कुनै शंकास्पद वस्तु भेटिएन । झोलामा भेटिएको एक पत्रानुसार, उक्त झोला मतदान अधिकृतको रहेको खुलेको छ । उनी सोहीस्थान नजिकको तालवाराही मावि मतदान केन्द्र ‘ख’मा खटिएका अधिकृत भएको कास्की प्रहरीले जनाएको छ ।

गोरखाका प्रतिनिधि हरिराम उप्रेतीका अनुसार शहिद लखन–८ मैलुङमा फागुन १६ गते राती संकास्पद वस्तु भेटिएको थियो । उक्त संकास्पद वस्तु कुकर रहेको थियो । शकास्पद अवस्थामा भेटिएको कुकरलाई नेपाली सेनाको बम डिस्पोज टोलिले डिस्पोज गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै सिरानचोक गाउँपालिका–२ थालाजुङ स्थित झिम्रेक महिपते मावि मतदान केन्द्र नजिकै फागुन १५ गते ब्याट्रीमा तारजडित शकास्पद वस्तु भेटिएको थियो । ०८२ फागुन १५ गते ब्याट्रिमा तार जडित शंकास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको रुद्रध्वज गणले शंकास्पद वस्तु डिस्पोज गरेको हो । टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश कार्यालय

भिडियो