INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषा क्षेत्र नं १ का रास्वपा उम्मेदवार  किशोरी साहको उम्मेदवारी खारेज

धनुषा क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले  खारेज गरेको आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।

साहविरुद्ध परेको उजुरीको आधारमा अनुसन्धान पश्चात  बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि उनको उम्मेदवारी खारेज भएको हो।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका उम्मेदवार साहको नाम  २०८० मा समेत कालोसूचीमा रहेको थियो । विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेका तथ्य विवरणमा उल्लेख रहेको भण्डारीले बताउनु भयो ।

 

मधेश प्रदेश कार्यालय

भिडियो