२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ स्थित इलाका प्रहरी कार्यालय फुलवारीमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार गम्भीर चन्दलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले फागुन २ गते राति प्रहरी हुँ भन्दै ढोका खोल्न लगाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ ।
आरोपितले घरभित्र पसी घाँटी अँठ्याएर बलात्कार गरेकोले घाँटी र गालामा चोट लागेको पीडित पक्षले जानकारी दियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा फागुन ३ गते गएिरको छ ।