INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई अपहरण गरी फिरौती माग गरेको आरोपमा खड्क नगरपालिका–९ लालपट्टीका ३० वर्षीय ईम्तियाज अहमदलाई फागुन ७ गते प्रहरीले गिरफ्तार गरेको छ । फागुन ५ गते साँझ घरबाट बालिका हराएपछि परिवारले प्रहरीलाई खबर गरेलगत्तै घटनाबारे अनुसन्धान सुरु गरिएको थियो ।

सप्तरीका एसपी गौतमकुमार केसीले अनुसार बालिकाको परिवारलाई फोन गरी फिरौती माग गरेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षक संजीव बोगटी र प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्रप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले रुपनी गाउँपालिका–१ बाट आरोपित अहमदलाई नियन्त्रणमा लिई बालिकाको सकुशल उद्धार गरेको हो । आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।

नविन यादव

अन्य

भिडियो