१५ वर्षीया बालिकालाई रोजगारीमा लगाइ दिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले भन्दै २१ वर्षीय मामालाई माघ २३ गते गिरफ्तार गरेकोे छ ।
पीडित बालिकालाई आरोपितले माघ ४ गते बालिकालाई रोजगारीका लागि भन्दै चितवन ल्याएर भरतपुर मनपा–१६ स्थित एक पोल्टी फर्ममा बलात्कार गरेको भन्दै पीडित बालिकाको बाबुले माघ २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २२ गते नै भरतपुर अस्पतालमामा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।