INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–६ सुर्यपुराका १९ वर्षीय सुकै लोध र भारत महाराजगञ्ज जिल्ला नौतुनहवा घरभई आफन्तको घरमा गैडहवा आएका १९ वर्षीय शम्भु लोधलाई माघ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १७ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय लुम्बिनीमा माघ १८ गते उजुरी दिएकी थिइन् ।

फरार रहेका आरोपितद्वयलाई गिरफ्तार गरी कारवाही अगाडी बढाइएको इप्रकाका सई डेलम्बर घिमिरेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १८ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो