INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

बेसीशहर नपा–३ की १४ वर्षीया बालिकालाई २८ वर्षीया सौतेनी आमा सरस्वती शर्मा भण्डारीले ललाई फकाई बालविवाह गरिदिएको भन्दै आफन्तले माघ २२ गते जिल्ला प्रहरी कार्यलय लमजुङमा उजुरी दिएका छन् ।
पीडितकी ७५ वर्षीया हजुरआमा विष्णुमाया शर्मा भण्डारीले प्रहरीमा दिएको उजुरीमा पीडितलाई सौतेनी आमाले माघ २१ गते बेसीशहर नपा–६ सारिङमा विवाह गराएकोमा पीडितको खोजी र दोषीलाई कारवाही गरिपाउँ भनी उल्लेख गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले विवाह गर्ने पुरूषको नामथर नखुलेकोले खोजी गरिरहेको जानकारी दिए ।

आमाले अर्को विवाह गरेपछि बुवा र सौतेनी आमासँग बस्दै आएकी बालिका ९ कक्षामा अध्ययनरत् थिइन् । माघ २१ गते बालिकालाई घरबाट भगाइएको हजुरआमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेकी छन् ।

कानुन अनुसार बालविवाह घटनाका दोषीलाई तीन वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिबाना हुने सजायको व्यवस्था छ ।

अन्य

भिडियो