तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिस्ने गाँउपालिका–५ का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई माघ २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
स्थानीयले पीडित बालिका रोएको सुनेर बालिका भएतिर जाँदा आरोपित आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते रुकुम(पश्चिम) जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।
आरोपित गौतमले यसअघि बलात्कार मुद्दामा पाँच वर्ष कैद भुक्तान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।