माघ १७ गते रातको समयमा घरमा एक्लै भएको अवस्थामा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् ।
शारीरिक अवस्था कमजोर भएकी उनलाई रातको समयमा कसले बलात्कार गरेको भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १८ गते भरतपुर अस्पतालमा भएको छ । आरोपीतको खोजी भइरहेको प्रहरीले जनाएकोे छ । घटनाबारे प्रहरीमा जानकारी आएपनि आरोपितविरूद्ध कुनै पनि उजुरी परेको छैन ।