आन्दोलनको क्रममा गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका बलात्कार मुद्दाका एक जना कैदीलाई प्रहरीले ०८२ पुस १४ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा बन्दीपुर गाउँपालिका–६ का ३० वर्षीय सोमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो ।
डिएसपी विकका अनुसार आरोपितलाई सजाय भुक्तानका लागि कारागार पठाइएको छ । जेनजीे आन्दोलनको क्रममा गत भदौ २४ गते तनहुँ कारागारबाट ३ सय २७ जना कैदीबन्दी भागेका थिए ।