INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग

३२ वर्षीया पीडित महिलाको आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ पुस १२ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।

पीडितको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले सो रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

पीडितले न्यायिक प्रक्रियामा सहयोग गरिदिनु हुन भनी ०८२ पुस ६ गते इन्सेक प्रतिनिधि बुधन साहलाई निवेदन दिनु भयो ।
महिलालाई ०८२ वैशाख १६ गते बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–६ का २७ वर्षीय विनोद कुमार चौधरीविरुद्ध पीडित पक्षले ०८२ जेठ ८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको डिएसपी सरोज राईले बताउनु भयो ।

आरोपित चौधरी हालसम्म फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०८२ जेठ ९ गते सर्लाही जिल्ला अस्पतालमा भयो ।

बुधन साह

अन्य

भिडियो