आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी १९ वर्षीया युवतीलाई कानुनी प्रकृयामा जानका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ पुस ११ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया जिल्ला प्रतिनिधिले बालिकाका आफन्तलाई न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।
पीडित युवतीलाई मंसिर १३ गते गुलरिया नगरपालिका १ का ५० वर्षीय जुगुल किशोर गोडियाले बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर १४ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएका थिए । घटनाका आरोपितलाई प्रहरीले मंसिर १३ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण बर्दिया अस्पताल गुलरियामा मंसिर १४ गते भयो । प्रहरीले जिल्ला सरकरी वकिलको कार्यालय, बर्दिया मार्फत पुस ७ गते बर्दिया जिल्ला अदालतमा बलात्कारको अभियोगमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालका न्यायाधीश डल्लुराम चौधरीको पुस ८ गतेको इजलासले थारुलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।