INSEC Online

📅 २०८३ जेष्ठ २१

अभिव्यक्ति स्वतन्त्रता संरक्षण जिल्ला संयन्त्र गठन

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले गठन गरेको अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा जिल्ला संयन्त्रको सदस्यमा इन्सेक प्रतिनिधि मानदत्त रावल चयन हुनु भएको छ ।

आयोगले शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य संयोजक रहने गरी अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिका, २०७५ अनुसार ९ सदस्यीय संयन्त्र गठन गरेको छ । ०८२ पुस ७ गते गठन गरिएको संयन्त्रको सदस्यमा नेपाल पत्रकार महासंघ जुम्ला शाखा, नेपाल बार एसोसियसन जुम्ला, गैरसरकारी संस्था, नागरिक समाज, इन्सेक र संचारकर्मी गरी ९ सदस्यीय अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र  गठन गरिएको आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले बताउनु भयो । उहाँका अनुसार हरेक महिनाको अन्तिम मंगलबार वा शुक्रबार महिनाभरी भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे जानकारी गराउने र अभिलेखीकरण गरिनेछ ।

मानदत्त रावल

अन्य

भिडियो