INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटना दोषीलाई कारबाही गर्न मानव अधिकारमकर्मीहरूको माग

कर्जन्हा नगरपालिका–१ की १७ वर्षीया अबिना दनुवारको हत्या घटनाको छानबिन र दोर्षीको पहिचान गरी कार्वाही गर्न इन्सेक लगायतका संस्थाले संयुक्त रुपमा ०८२ मङ्सिर २६ गते प्रेस विज्ञप्ती जारी गर्दै माग गरेको छ ।

सिरहास्थित मानव अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरु इन्सेक, मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), महिला मानव अधिकार रक्षक संजाल,मुक्ति नेपाल, सहयोगी हातहरु, मानव अधिकार एलाईन्स, समग्र बिकास परार्मश, मानसिक स्वास्थ्य तथा परार्मस केन्द्र नेपालले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निष्पक्ष ढंगले अनुसन्धान गरी आरोपितलाई कारबाही गर्न दबाब स्वरुप विज्ञप्ती जारी गरेको इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले बताउनु भयो ।

बालिका ०८२ मंसिर २१ गते राति घरबाट निस्किएको र त्यस पश्चात उनको अवस्था अज्ञात रहेकोमा मंसिर २२ गते दिउँसो कर्जन्हा नगरपालिका–२ स्थित कमला नहरको झाडीमा मृत अवस्था स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अर्धनग्न अवस्थामा भेटिएको शव बलात्कारपछि हत्या गरिएको आशंका रहेको हुँदा घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी अपराधमा संलग्न दोषी उपर कारबाही गर्न मानव अधिकारकर्मीहरुले माग गरेका छन् ।

दुर्गा परियार

अन्य

भिडियो