INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

५२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१६ का ५५ वर्षीय प्रेमबहादुर विश्वकर्मालाई जिल्ला अदालतले पाँच वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले माघ ६ गते विश्वकर्मालाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र पीडितलाई पाँच हजार रुपियाँ महिला बालबालिका कार्यालयबाट उपलव्ध गराउने फैसला गरेको हो ।

पीडित महिलालाई विश्वकर्माले गत साउन १६ गते झारफुक गरिदिने भन्दै बलात्कार गरेपछि प्रहरीले साउन १७ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन १७ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो