INSEC Online

📅 २०८३ जेष्ठ २१

म्याग्दीमा २ हजार भन्दा बढी मतदाता थपिए

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि म्याग्दीमा २ हजार २ सयभन्दा बढीले नाम दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्न तोकिएको समय सीमा भित्र कार्यालयमै पुगेर बायोमेट्रिक्स गरी ८ सय १९ र राष्ट्रिय परिचयपत्र मार्फत १ हजार ४ सय १८ गरी २ हजार २ सय ३७ जना मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले दिनुभएको जानकारी अनुसार जिल्ला कार्यालयमा पुगेर पुरुष ५ सय १० जना र महिला ३ सय ९ जनाले मतदाता नामावली दर्ता गराएका हुन् । त्यसैगरी ८२ मतदाताको गल्ती सच्चाइएको छ भने १ सय ९० जनाको ठाँउसारी गरिएको थियो ।

निर्वाचन अधिकृत गौतमले भन्नुभयो ‘हामीले निवदेन तथा अन्य प्रक्रियाका लागि बाहिर जाने बाध्यताको अन्त्य गरेका छौ, उहाँहरुको समय र पैसाको बचत भएको छ’ ।

म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १ सय २० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार १ हजार ६ सय मतदाता घटेर ८४ हजार ५ सय २० जना कायम भएको थियो ।

म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थलमा १ सय १९ मतदान केन्द्र सिफारिस गरिएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो