INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–१५ का २२ वर्षीय नशिब गुरुङलाई पुस २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले आफूलाई विगत ६ महिनादेखि धम्क्याउँदै बारम्बार बलात्कार गरेको भन्दै युवतीले पुस २५ गते प्रहरीमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

आरोपित गुरुङलाई गिरफ्तार गरी घटनाको अनुसन्धान अघि बढाएको र पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको जिल्ला प्रहरी कार्यलय, कास्कीले जनाएको छ ।

अन्य

भिडियो