INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार

पोखरा मनपा–९ स्थित चरक मेमोरिल अस्पतालमा कार्यरत् डाक्टर बद्रि पौडेलले पुस २३ गते साँझ पत्रकारलाई दुर्व्यवहार र हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरेको पीडितले बताएका छन् ।
समाचार सङ्कलनका लागि अस्पताल पुगेका फेवा टेलिभिजनका स्टेशन म्यानेजर पोखरा मनपा–२७ बस्ने ३२ वर्षीय हेमराज अधिकारी र क्यामेरा पर्सन पोखरा मनपा–१३ बस्ने १७ वर्षीय समिर सुनारलाई दुर्व्यवहार गरेको पीडित अधिकारीले बताए ।
केही दिनअघि अस्पताल सञ्चालक बिचमा सिर्जना भएको विवादका विषयमा प्रश्न राख्दा डाक्टर पौडेलले दुर्व्यवहार गरेको पीडित पत्रकारको भनाई छ ।

पीडितले घटनाको बारेमा नेपाल पत्रकार महासङ्घ, कास्की शाखामा जानकारी गराएको भएपनि उजुरी भने कुनै निकायमा नदिएको बताए ।
यसैबिच नेपाल पत्रकार महासङ्घ, कास्की शाखाले पुस २५ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा दोषीमाथि कारवाहीको माग गर्नुका साथै पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय सरकारसँग माग गरेको छ ।

अन्य

भिडियो