INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालक र उनका १५ वर्षीय भाइलाई पुस १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले पुस १३ गते बलात्कार गरेको भन्दै पीडितले पुस १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमेश जोशीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १३ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो