INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जुम्ला जिल्ला चन्दननाथ नपा-५ घरभई छायाँनाथ रारा नगरपालिको कार्यालयमा कार्यरत इञ्जिनियर ३८ वर्षीय महेश कठायतलाई पुस ८ गते दिउँसो नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्नै निवासमा रहेको अवस्थामा मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

नगरपालिकाको विभिन्न योजनाका उपभोक्ताहरूसँग घुस माग्ने गरेको आरोपमा उनलाई मोसो दलेको सो पार्टीका जिल्ला इञ्चार्ज रङ्गवीर परियार (सङ्गम) ले बताए ।

मास्क लगाएर दुई जनाको सङ्ख्यामा आएका व्यक्तिले एक्कासी मोसो दलेको कठायतले जानकारी दिए ।

साविकको जिल्ला प्राविधिक कार्यालयमा कार्यरत रहँदा सिंचाई योजनाका उपभोक्ता समितिबाट घुस लिएको र हाल छायाँनाथ नगरपालिकामा कार्यरत रहँदा समेत नगरपालिका भित्रका योजनाका उपभोक्ता समितिबाट समेत घुस माग्ने गरेकाले जनताले मोसो दलेको परियारले बताए ।

यस्तो कार्य नर्गन समयसमयमा गरिएको आग्रहलाई बेवास्ता गरी घुस लिन नछाडेको इञ्चार्ज परियारले आरोप लगाए ।

छायाँनाथ नगरपालिकाका अधिकृत तिर्थराज भट्टराईले पुस ९ गते घटनाको विरोध गर्दै प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् ।

अमानवीय व्यवहार गरेको भन्दै अधिकृत भट्टराईले घटनामा संलग्न व्यक्तिलाई कारवाहीको माग गरे । उनले कर्मचारी प्रति गुनासो भए कार्यालयमा आई गुनासो राख्नसमेत अनुरोध गरेका छन् ।

अन्य

भिडियो