४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–४ का ४२ वर्षीय मिनबहादुर बगालेलाई पुस ६ गते गिरफ्तार गरेको छ ।
पीडित मकिलालाई आरोपितले गत वैशाख २७ गतेबाट पटकपटक बलात्कार गर्दै आएको र आठ महिनाको गर्भ समेत रहेको भन्दै पीडितले पुस ६ गते प्रहरीमा उजुरी दिएकी छन् ।
आरोपितलाई तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी विश्वमणी पोखरेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ६ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।