INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितलाई २ वर्ष ६ महिना कैद फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका-१५ फुलवारीका ३९ वर्षीय रमेश बिकलाई चितवन अदालतका न्यायाधीश वासुदेव न्यौपानको इजलासले पुस ४ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको छ ।

पीडित युवतीलाई आरोपितले असार ३१ गत बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन १ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।

आरोपितलाई असार ३१ गते नै प्रहरीले गिरफ्तार गरी पुर्पक्षका लागि थुनामा राखेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो