INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २७ गते तुलसीपुर उपमनपा–९ का २६ वर्षीय राजेश परियारलाई आठ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले मङ्सिर २७ गते परियारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पीडितलाई ४० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन महिला बालबालिका कार्यालयलाई आदेश दिएको हो ।

पीडित बालिकालाई परियारले ०७४ फागुन २७ गते तुलसीपुरस्थित एक होटेलमा लगेर बलात्कार गरी भारततर्फ लैजाने क्रममा फागुन २९ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा भएको थियो ।

अन्य

भिडियो