सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय ठुलोबुवालाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
फरार रहेका आरोपितलाई प्रहरीको विशेष टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते जिल्ला अस्पताल पाल्पामा गरिएको थियो ।