INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका-११ का २७ वर्षीय रामशङ्कर चौधरीलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ११ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएको इन्स्पेक्टर रविन मैनालीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो