१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा मनपा-१ बगरका २५ वर्षीय सुरज गुरुङलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ११ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी पछि घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण मङ्सिर १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।