सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–३ का ७४ वर्षीय महाविर सरदारलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा मङ्सिर ७ गते गरिएको छ ।