INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका-६ स्थायी घर भई दमक नगरपालिका-३ मा डेरा गरी बस्ने २५ वर्षीय दीपक धमलालाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडितकी सानीआमाले मङ्सिर ४ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर अमर थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते मेची अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो