INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

६० वर्षीया शान्ति देवी महतोलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–९ सखुवा गोठका १८ वर्षीय अजित महतोलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ ।

शान्ति देवीसँग जग्गाको विषयमा विवाद हुँदा भदौ १ गते बिहान गाउँकै २७ वर्षीय जय प्रकाश महतो, २० वर्षीय सुभाष महतो र १८ वर्षीय अजित महतोले सामूहिक रूपमा कुटपिट गरेको आरोप पीडित पक्षले लगाएको छ ।

कुटपिटबाट घाइते भएकी शान्ति देवीलाई उपाचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो । उपचारपछि भदौ ३ गते दिउँसो डिस्चार्ज भएपछि उनले जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आरोपितहरू विरुद्ध उजुरी दिएकी थिइन् ।

तर, भदौ ४ गते बिहान शान्ति देवीको स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उपचारका लागि उनलाई छिन्नमस्ता अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रहरी चौकी पत्थरगढा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले घटनामा संलग्नमध्ये अजित महतोलाई गिरफ्तार गरे पनि अन्य दुई आरोपित फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी गौतम केसीले घटनामा संलग्न आरोपितहरूलाई कानुनको दायरामा ल्याइने बताउनु भयो । शव हाल छिन्नमस्ता अस्पतालमै राखिएको छ ।

अन्य

भिडियो