१९ वर्षीया युवतीलाई ०८२ साउन १ गते बलात्कार गरेको आरोपमा मनरासिस्वा नगरपालिका–८ का २४ वर्षीय जय किशोर सिंहविरुद्ध पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
युवतीको स्वास्थ्य परीक्षण साउन २७ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।
घटनापछि आरोपित फरार रहेकोले खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सैलेन्द्रकुमार भट्टले बताउनु भयो ।