INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक अपहरण घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले खजुरा गाउँपालिका–५ का २८ वर्षीय कलिम खाँलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।

बालकलाई  आरोपितले भदौ ९ गते खजुरा गाउँपालिका– ५ बाट अपहरण गरेर रकम माग गरेको भन्दै पीडितका बुवाले  भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर हृदेश सापकोटाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई जानकी गाउँपालिका–५ गुडिया गाउँबाट भदौ ११ गते उद्वार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनायो ।

आरोपित र पीडित परिवारबिच रकम लेनदेनको विषयमा विवाद रहेको थियो । आरोपित उपर भदौ ११ गते अपहरण मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो