२६ वर्षीया महिलालाई साउन १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–६ का २८ वर्षीय सुमनकुमार चौधरीलाई साउन २० गते गिरफ्तार गरेको छ ।
कोठामा बसेको अवस्थामा आफूमाथि बलात्कार गरिएकोले साउन १९ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित महिलाले इन्सेक प्रतिनिधिलाई फोनमार्फत बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा साउन २० गते आरोपितलाई गिरफ्तार गरी साउन २१ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिकमत थापाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भएको इन्स्पेक्टर थापाले बताउनु भयो ।