२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–७ का २३ वर्षीय ओमप्रकाश वलीलाई साउन २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १४ गते खाजा खाने निहुँमा हाटेलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुमित खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपित घटना लगत्तै फरार भएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो
पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको थियो ।
यसैगरी १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–४ का २४ वर्षीय इसव जिसी, २० वर्षीय भुपाल थापालाई साउन २० गते गिरफ्तार गरेको छ ।
घटनामा सङ्लग्न रहेका सोही ठाउँका २६ वर्षीय अर्जुन विक, २८ वर्षीय प्रकाश नेपाली फरार रहेको इलाका प्रहरी कार्यालय, भालुवाङका इन्स्पेक्टर गंगाबहादुर सारुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडिलाई आरोपिहरूले साउन १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले साउन १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर सारुले बताउनु भयो । उहाँका अनुसार फरार आरोपितको खोजी भइरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण साउन १७ गते सिसहनीय अस्पतालमा गरिएको थियो ।