चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न जबाफदेहिता निगरानी समितिले माग गरेको छ ।
समितिले साउन १३ गते एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । विज्ञप्तिमा–‘संविधानले प्रत्याभुत गरेको आवासको अधिकारसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका साथै मृतक राजकुमार चेपाङका परिवार तथा घाइतेहरूलाई न्याय, उचित क्षतिपूर्ति तथा पुनस्र्थापनाको व्यवस्था गरी दोषीउपर कानुनबमोजिम सजाय गर्न जोडदार माग गर्दछ ।’
यही साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट चितवन जिल्ला राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङ गम्भीर घाइते भएकामा उपचारको क्रममा साउन ७ गते मृत्यू भएको थियो ।