१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका–९ वगई निवासी २८ वर्षीय मनोज केसीलाई साउन ६ गते उनकै घरबाट गिरफ्तार गरेको छ ।
साउन ४ गते आफू बलात्कृत भएको भन्दै बालिकाले साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी सूर्य थापाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो । बालिकाको साउन ५ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।