INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर मनपा–२२ का २७ वर्षीय राजन बिकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा कात्तिक २५ गते पीडित बालिका आफैँले उजुरी दिएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि २५ गते नै भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अन्य

भिडियो