जिरा भवानीपुर गाउँपालिका २ सेढवा निवासी प्रतीक दैनिकका सम्वाददाता ३७ वर्षीय ओमप्रकाश चौधरीलाई असार २५ गते राती सेढवा बजारमा सोही ठाउँका कांग्रेसका कार्यकर्ता हरिनारायण यादवले समाचार सम्प्रेषण गरेको भन्दै कुटपिट गर्ने धम्की दिएको पीडितको आरोप छ ।
पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको ठोरी गाउँपालिका अन्तर्गतको ओरिया खोलाबाट विकास निर्माणका लागि भण्डारण गरिएको नदीजन्य पदार्थको अनाधिकृत ढुवानी भइरहेको समाचार सम्प्रेषण गरेको भन्दै कांग्रेस कार्यकर्ता यादवले सो विषयमा चासो नलिन भन्दै कुटपिट गर्ने धम्की दिएको पत्रकार चौधरीले बताउनु भयो ।
पत्रकार चौधरीले दोषीलाई कारवाहीको माग गर्दै असार २६ गते इलाका प्रहरी कार्यालय सेढवामा उजुरी दिनु भएको छ ।
जेठ ३१ गतेबाट नदीजन्य पदार्थको उत्खनन् कार्यमा रोक लागाएपछि ठोरी गाउँपालिकाले विकास निर्माणका लागि ठोरी गाउँपालिका–५ बाघमोर्चा सुवर्णपुरमा नदीजन्य पदार्थको भण्डारण गरेको थियो ।
भण्डारण गरिएको नदीजन्य पदार्थ ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिका–१ को शान्तिनगर, जगतीया, गम्हरीया, चमरी टोल, भवानीपुर र वडा नं २ को काठमाडौँ टोलमा मात्र प्रयोग गर्न पाइने प्रावधान छ ।
तर, विकास निर्माणको नाममा जिराभवानी गाउँपालिका–२ को सेढवा, वसन्तपुर, सोही गाउँपालिका वडा नं. ३ को जीतपुर र जगरनाथपुर गाउँपालिकाको पिडारी गुठीसम्म भण्डारण गरिएको नदीजन्य पदार्थको प्रयोग भइरहेको छ ।
कृष्णचन्द्र लामिछानेभण्डारण गरिएको नदीजन्य पदार्थ ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिका–१ को शान्तिनगर, जगतीया, गम्हरीया, चमरी टोल, भवानीपुर र वडा नं २ को काठमाडौँ टोलमा मात्र प्रयोग गर्न पाइने प्रावधान छ ।
तर, विकास निर्माणको नाममा जिराभवानी गाउँपालिका–२ को सेढवा, वसन्तपुर, सोही गाउँपालिका-३ को जीतपुर र जगरनाथपुर गाउँपालिकाको पिडारी गुठीसम्म भण्डारण गरिएको नदीजन्य पदार्थको प्रयोग भइरहेको छ ।