१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका–३ का २८ वर्षीय एकबहादुर दिशा, ४३ वर्षीय बसन्त सैजु र २४ वर्षीय दिलबहादुर कुमाललाई जेठ १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडितलाई जेठ १० गते आरोपितहरूले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्षमण पचभैयाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।