१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला रोहेणी गाउँपालिका –३ का २४ वर्षीय अमरनाथ सहनीलाई वैशाख २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई वैशाख २५ गते आरोपितले बलात्कार गरेको भन्दै वैशाख २६ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सब–इन्स्पेक्टर टिकाराम पोख्रेलले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २६ गते चितवन जिल्ला अस्पताल भरतपुरमा गरिएको प्रहरीले जनाएको छ ।