गण्डकी प्रदेश सरकारले अपाङ्गता भएका व्यक्ति, अशक्त, गरिव तथा गर्भवतीलाई उपचारमा सहुलियत दिने निर्णय गरेको छ ।
चैत १९ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूको उपचारमा जनही सहुलियत प्रदान गर्ने कार्यविधि पारित गरेको हो ।
अपाङ्गता भएका व्यक्ति, अशक्त, गरिव, गर्भवतीलाई उपचारमा बढीमा १५ हजार रुपियाँ र आते–जातेमा बढीमा ५ हजार रुपियाँसम्म सहुलियत दिने गरी कार्यविधि तयार गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
सिफारिस समिति बनाएर त्यसका आधारमा निश्चित उपचार तथा यातायातमा सहुलियत दिने गरी कार्यविधि तयार गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।