INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको रून्टीगढि गाउँपालिका–१ का १८ वर्षीय युवराज रानालाई फागुन २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई मजदुरीको सिलसिलामा दाङ आएर घोराही तापा सडकखण्डमा मजदुरी गर्दै आएका रानाले फागुन २१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले फागुन २४ गते उजुरी दिएपछि प्रहरीले २४ गते नै आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २४ गते नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो