६ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ धमिलोपानीका २० वर्षीय विकल पुनलाई भदौ ८ गते धमिलोपानी गाउँबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको देखेर स्थानीयले आरोपितलाई समाउन खोज्दा भागेको र प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले राति १ बजे गिरफ्तार गरेको थियो ।
घटनाका विषयमा पीडित बालिकाकी आमाले भदौ ८ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर दिपेश बस्यालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनाएको छ ।