दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-६ का २६ वर्षीय राजकुमार चौधरीलाई साउन १५ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १४ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितविरूद्ध कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका सई बाबुराम पुरीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते नै लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनाएको छ ।