INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका–५ मिजुरे घर भई हाल पोखरा मनपा–३० ढुङ्गेपाटन बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीका आधारमा आरोपित घिमिरेलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रबिन्द्रमान गुरूङले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो