INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनका क्रममा पत्रकारद्वयलाई दुर्व्यवहार

पोखरास्थित पोख्रेली न्युज साप्ताहिकका सम्पादक ३८ वर्षीय सञ्जय मल्ल र न्युज २४ टेलिभिजनका रिपोर्टर ३६ वर्षीय उत्तम पौडेललाई समाचार सङ्कलनका क्रममा चिप्लेढुङ्गा स्थित तेजस्वी ज्वेलर्सका सञ्चालकद्वय विक्रम सुनार, राजकुमार सुनार र सेक्युरिटी गार्ड रुद्र रानामगरले दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको छ ।

‘ग्राहकले तौल र गुणस्तर कम भएको गुनासो गरेपछि बुझ्नका लागि तेजरत्न ज्वेलर्स गएका थियौँ ।’-पीडित मल्लले भने-‘पत्रकार हौँ भनेर बुझ्न खोज्दा सञ्चालकले दुर्व्यवहार गरे । गार्डले हातपात गर्दै बाहिर निकाले ।’

घटनामा संलग्न रहेका गार्ड रुद्र रानामगरलाई कात्तिक १८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

‘पीडितहरूले तीन जनाको नाममा ठाडो उजुरी दिनुभएको थियो । तर, घटनामा गार्ड मात्रै दोषी देखिएकाले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ ।’-डिएसपी गुरुङले भने ।

अन्य

भिडियो